जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार ०९:४५

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्दै


ललितपुर, कात्तिक १५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने तय भएको हो।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामार्फत बैठकबारे जानकारी गराउँदै केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ।