काठमाडौं, कात्तिक १५ । डोल्पा कारागार कार्यालयबाट कारागार फोडेर भागेका कैदीबन्दी तथा थुनुवाकाे विवरण प्रहरीले सार्वजनिक गरेकाे छ।
हिजाे कारागार कार्यालय डोल्पाबाट उनीहरू भागी फरार भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
कारागारबाट फरार हुनेमा विभिन्न कसुरका कैदीबन्दी तथा थुनुवाहरू रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाउँदै सर्वसाधारण तथा सरोकारवालाहरूलाई सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।
फरार रहेका व्यक्तिहरूको विवरण:
१. काली प्रसाद रोकाया – उमेर २९ वर्ष, ठेगाना: त्रिपुरासुन्दरी नगरपालिका-७, डोल्पा (हुलिया: गहुँगोरो)
२. धन बहादुर भन्ने हरि बहादुर बुढा – उमेर २८ वर्ष, ठेगाना: त्रिपुरासुन्दरी नगरपालिका-४, डोल्पा (हुलिया: गहुँगोरो)
३. यज्ञ वि.क. – उमेर २५ वर्ष, ठेगाना: बारेकोट गाउँपालिका-१, जाजरकोट (हुलिया: गहुँगोरो)
४. तिलक भण्डारी – उमेर ३८ वर्ष, ठेगाना: आठविसकोट नगरपालिका-५, रुकुम पश्चिम (हुलिया: गहुँगोरो)
५. राम बहादुर कामी – उमेर ३२ वर्ष, ठेगाना: आठविसकोट नगरपालिका-१०, रुकुम पश्चिम (हुलिया: गहुँगोरो)
६. रेशम राना – उमेर २८ वर्ष, ठेगाना: कुमाख गाउँपालिका-५, सल्यान (हुलिया: गहुँगोरो)
७. कैलाश भन्ने कपिल परियार – उमेर १९ वर्ष, ठेगाना: नलगाड नगरपालिका-९, जाजरकोट (हुलिया: गहुँगोरो)
८. निशान भन्ने अदेश भण्डारी – उमेर ३२ वर्ष, ठेगाना: आठविसकोट नगरपालिका-३, रुकुम पश्चिम (हुलिया: गहुँगोरो)
फरार रहेका यी व्यक्तिहरूलाई कतै देखेमा वा उनीहरूको बारेमा कुनै किसिमको सूचना प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय डोल्पाको निम्न सम्पर्क नम्बरहरूमा खबर गरिदिन प्रहरीले सबैमा आग्रह गरेको छ:
- सम्पर्क नम्बरहरू: १००, ०८७-५५००५६, ९८५८३९०५८६, ९८५८३०५५५५
- इमेल: [email protected]
















प्रतिक्रिया दिनुहोस्