जनता टाइम्स

६ जेष्ठ २०७७, मंगलवार १५:४५

सरकारको नीति तथा कार्यक्रम पारित


काठमाडौं, जेठ ६

सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको बहुमतबाट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्षी दलहरूले विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको छ । यसअघि प्रधानमन्त्री केपि शर्मा ओलीले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गर्न आग्रह गर्नुभएको थियो ।