जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार ११:२३

भारतमा क्यान्सरको उपचार गरेर फर्कदा कोरोना


चितवन, जेठ ९

भारतमा क्यान्सरको उपचार गरेर स्वदेश फर्किएका दुई जना वृद्धवृद्धालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर महानगरपालिका–६ केसरबाघका ७४ वर्षिय पुरुष र ७३ वर्षिया वृद्धलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

दुवैजना जेठ ३ गते भारतको नयाँदिल्लीबाट फर्केको खुलेको छ । भरतपुर अस्पतालका निर्देशक डाक्टर भोजराज अधिकारीले उनीहरू दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर ३ गते नेपाल फर्किएको जानकारी दिनुभयो ।

करिव तीन महिना दिल्लीमा उपचार गराएर उनीहरू कृष्णनगर नाकासम्म भारतीय एम्बुलेन्समा आएका थिए । त्यसपछि नेपाली एम्बुलेन्समा चढेर उनीहरू घरसम्म आइपुगेका हुन् । घर आएको दिनदेखि नै उनीहरू होम क्वारेन्टिनमा बसेका थिए।

आमाबुवासँगै आएका उनीहरूका छोराको पनि स्वाब परीक्षण गरिएको थियो । उनको नतिजा भने नेगेटिभ आएको छ । संक्रमित दुबै जनालाई शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ भने दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।