जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार १२:२७

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, जेठ ९

सरकारले नक्सा परिवर्तनका लागि संसदमा संविधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरेको छ । सरकारले जारी गरेको पछिल्लो राजनीतिक र प्रशासनिक नक्सा परिवर्तन गर्ने निर्णयसँगै त्यसलाई व्यवहारमा लागु गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ ।

लागु गर्नका लागि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

एक मन्त्रीले दिएको जानकारी अनुसार सरकारले तत्कालै प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनेछ । अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको छ । संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ।