जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार १२:००

संकटमा भ्रम फैलाउने ७० वटा अनलाइन बन्द (सम्पूर्ण नामसहित)


काठमाडौं, जेठ ११

नेपाल प्रेस काउन्सिलले संकटका बेला अफवाह फैलाउने ७० ओटा अनलाइनलाई देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ । लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने संचारसंस्थाहरूलाई कारबाही गरेको हो ।

बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालनमा रहेको काउन्सिलले जानकारी दिएको छ । प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालका अनुसार चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा यस्ता अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

यसैगरी, प्रेस काउन्सिलको विज्ञप्तिअनुसार लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको छ । यस्तै, २२ वटालाई सचेत गराइएको छ । ४० वटालाई निर्देशन दिइएको छ । १४ वटाको ध्यानाकर्षण गराइएको भने एउटालाई अन्तिम चेतावनी दिइएको छ । यस्तै, ७० ओटा अनलाइनलाई भने नेपालभित्र सम्प्रेशण हुन नसक्ने गरी वेवसाइट बन्द गराइएको छ ।

यस्ता छन् वेभसाइट

१. स्पष्टीकरणरजवाफ माग गरिएकारसचेत, ध्यानाकर्षण गराइएका सञ्चारमाध्यमहरू
२. नेपालभित्र प्रकाशनरप्रसारण हुन नसक्ने बनाइएका वेबसाइटहरू
३. कोरोना संक्रमणसम्बन्धी समाचारउपर उजुरी