जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार १२:४२

डिल्लीबजार कारागार प्रकरण : छानबीन समिति गठन


काठमाडौै, जेठ ११

डिल्लीबजार कारागारमा भएको घटनाप्रति दुई सदस्यीय छानबीन समिति गठन भएको छ । कारागार व्यवस्थापन विभागले घटना छानबिन गर्न निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटा सम्मिलित दुई सदस्यीय छानबिन समिति गठन गरेको हो ।

महानिर्देशक प्रदीपराज कणेलले घटना छानबिन गर्न समिति गठन गरेका हुन् । समितिका दुवै अधिकारी अहिले कारागार कार्यालय डिल्लीबजार पुगेर स्थलगत अध्ययन गरिरहेको स्रोतले जानकारी दिएको छ ।

आइतबार बिहान चौकीदार गोकुल गिरी र अन्य बन्दीहरुबीच झडप हुदा समीर भनिने शमशेर तामाङ घाइते भएका थिए । तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ । लकडाउनका कारण आफन्त भेट्न नआएपछि कारागारका बन्दीले क्यान्टिन र भित्रै सञ्चालित पसलबाट उधारोमा सामान मागेका थिए । तर चौकीदार गिरीले उधारो दिन नमानेपछि कैदीहरु असन्तुष्ट थिए । यस्तै चौकीदार छनौट पनि आलोपलो गर्नुपर्ने माग उठेको थियो ।