जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार १०:३८

रुकुम घटनाले नेकपा नेतृ रामकुमारी झाँक्री आक्रोशित


काठमाडौं, जेठ ११ । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले रुकुम घटना सभ्य समाजमा राष्ट्रिय लज्जाको बिषय भएको बताउनु भएको छ । उच्च जातकी युवतीसँग प्रेम गरेकै कारण कुटीकुटी हत्या गरिनु मानवताबिरोधी अपराध भएको पनि उहाँको निश्कर्ष छ ।

यस्तो छ झाँक्रीको भनाई

रूकुम राजनितीक रूपमा सचेत समाज होला भन्ने मान्छु म। तर कथित उच्च जातकी केटीसँग प्रेम र विवाह गर्न चाहदैमा एउटा लक्का जवान छोरालाई कथित उपल्लो जातका मान्छेबाट कुटीकुटी हत्या गरिनु सभ्य समाजमा राष्ट्रिय लज्जाको विषय हो। यो मानवतावाद विरोधी कार्य हो । यो घटनाले हाम्रो कथित सभ्य समाजलाई गिज्याएको छ। हाम्रो समाज र सामाजिक ब्यवस्था माथि बारम्बार प्रश्न खडा भएको छ। हामी कहाँ चुकिरहेका छौं ? ब्यक्तिको स्वतन्त्रलाई किन कुल्चिइन्छ ? यो अपराध कर्ममा सामेल सबै अपराधिहरूलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दछु।

दिवंगत नवराज बिक र उनका सबै दिवंगत साथिहरूप्रति हार्दिक श्रद्धान्जली !  परिवारजनमा गहिरो समवेदना !!