जनता टाइम्स

१३ जेष्ठ २०७७, मंगलवार ०७:०१

विश्वभर कोरोनबाट ५५ लाख ८६ हजार बढी संक्रमित : २३ लाख ६५ हजार ४ सय ६७ निको


काठमाडौं, जेठ १३ ।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८६ हजार ७१५ मा देखिसकेको छ । संक्रमित मध्ये २३ लाख ६५ हजार ४ सय ६७ निको भइसकेका छन् । हाल २८ लाख ७३ हजार ७६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

यसमध्ये ५३ हजार १६७ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनको वुहानबाट जनवरीको सुरुमा फैलिएको कोरोना भाइरस अहिले विश्वमा २१५ देशमा पुगिसकेको छ । त्यस्तै, ब्राजिलमा ३ लाख ७६ हजार ८ सय ९८, रुसमा ३ लाख ५३ हजार ४ सय २७, बेलायतमा २ लाख ६२ हजार ५ सय ४७, स्पेनमा २ लाख ३५ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ४७ हजार ८ सय ८२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९८ हजार २ सय १८ को मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ९ सय ९६, इटालीमा ३२ हजार ८ सय ७७, फ्रान्समा २८ हजार ४ सय ६० तथा स्पेनमा २६ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २२ लाख २८ हजार ९ सय १५ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा अमेरिकामा सर्वाधिक ३ लाख ७९ हजार १ सय ५७ संक्रमणमुक्त भएका छन्।

त्यस्तै, जर्मनीमा १ लाख ६१ हजार १ सय ९९, ब्राजिलमा १ लाख ५३ हजार ८ सय ३३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४१ हजार ९ सय ८१ संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। सोमबार एकैदिन ७९ जनामा संक्रमण पुष्टि भएको थियो। अर्घाखाँचीमा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्लाको संख्या ४३ पुगेको छ। संक्रमितमध्ये १ सय ५५ जना अहिले संक्रमणमुक्त भएका छन्। त्यस्तै, ४ जनाको भने मृत्यु भइसकेको छ।