जनता टाइम्स

१३ जेष्ठ २०७७, मंगलवार १२:५५

प्रधानमन्त्री ओलीद्वारा आज सर्वदलीय बैठक आव्हान, यस्ता छन एजेण्डा


काठमाडौं, जेठ १३

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ पाँच बजे सर्वदलिय बैठक आव्हान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले संसदमा प्रतिनिधित्व गर्ने सबै दल र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको जानकारी दिनुभयो ।

बैठकको एजेण्डाका विषयमा संविधान संशोधनका विषयमा छलफल हुने बताइएको छ । यसैगरी कोरोना महामारी रोकथाम र बजेटका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले केही साता अघि सीमाका विषयमा पनि सर्वदलिय बैठक आव्हान गर्नुभएको थियो । सो बैठकले सरकारले उठाएका कदमको समर्थन गरेपछि सरकारले पनि लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।