काठमाडौं, जेठ १४
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संघीय संसदमा प्रस्तुत गर्न लागेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । निशान छापमा नक्सा परिवर्तन गर्नेगरी ल्याएको संशोधन प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अलमल गरिरहेका बेला राप्रपाले पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको आज बसेको बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीले विज्ञप्ती निकालेर जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वदलिय बैठक बोलाएर संशोधनको पक्षमा राष्ट्रिय सहमति बनाउन आग्रह गर्नुभएको थियो । तर, कांग्रेसले समय माग गरेको एंवम मधेशवादी दलले समर्थन गर्ने स्पष्ट वचन नदिएकाले अन्यौलता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्