काठमाडौं, जेठ १५
सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ । निक्कै ठुलो खर्च वार्षिक रुपमा बाहिरिएपछि खर्च जोगाउन सरकारले स्वदेशमै उत्पादन गर्ने नीति लिएको हो ।
आर्थिक वर्ष २०७७–७८ को बजेट वाचन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीहरूको जुत्ता र पोशाक स्वदेशमै उत्पादन हुने गरी बजेट विनियोजन गरिएको बताउनु भयो ।
‘राज्यकोषबाट खर्च बेहोर्ने सुरक्षाकर्मीका लागि पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरिनेछ,’ उहाले भन्नुभयो । यसका साथै उनले सबै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्न र स्थानीय तहमा औद्योगिकग्राम स्थापना गर्न २ अर्ब ६४ करोड छुट्याइएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्