काठमाडौं, जेठ १५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले बजेटले अहिलेको आवश्यकतालाई बोध गरेको बताउनु भएको छ । उहाले बजेटले कोरोनाको महामारी असरलाई न्युनिकरण गर्न सहयोग गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, “कोभिड–१९ महामारी सामना, स्वास्थ्य क्षेत्रका समस्या, स्वदेश फर्केका जनताको व्यवस्थापन, रोजगारी सिर्जना, कृषिलाई प्रोत्साहन, आत्मनिर्भर अर्थतन्त्रतर्फ अग्रसर हुने कुरादेखि उद्योग, सेवा क्षेत्रलाई सम्बोधन गर्ने ढङ्गले राम्रो बजेट आएको छ ।”
पूर्वअर्थमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बजेटका धेरैपक्ष राम्रो भएको तर निकै चुनौतीपूर्ण रहेको बताउनु भयो । ‘बजेटको आकार घटेको छ । त्यसले राजस्व कम उठ्न सक्ने, बैदेशिक सहायता पनि कम आउन सक्ने कुरालाई ध्यानमा राखेको देखिन्छ । तर, यति हुँदा हुँदै पनि बैदेशिक ऋणतर्फ २ खर्ब ९९ अर्बको अपेक्षा परिपूर्ति हुन गाह्रो छ,’ पाण्डेले भन्नुभयो, ‘बजेटले कोरोना र स्वास्थ्यमा बढी जोड दिएको छ । तालिम, शिक्षा, श्रम र राजेजगारमा बढी जोड दिएको छ । केही कर र व्याजमा अनुदान दिएर व्यवसायिक क्षेत्रलाई संकल्प गरेर व्यवसायिक वातावरण बनाउन सकिन्छ कि भन्ने प्रयास गरेको छ । त्यस मानेमा यो सकारात्मक छ । तर, यो धेरै नै चुनौतीपूर्ण छ ।’
प्रतिक्रिया दिनुहोस्