जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार ११:०४

बलात्कारका आरोपी विर अस्पतालबाटै फरार


काठमाडौं ।

बलात्कार जस्तो जघन्य अपराधका आरोपी एक किशोर राजधानीको विर अस्पतालबाटै फरार भएको खुलेको छ । घटना मंगलबारको नै भएपनि बुधबार मात्रै सार्वजनिक भएको हो । जबरजस्ती करणी आरोपमा पक्राउ परेका १६ वर्षिय किशोर पदम श्रेष्ठ मेडिकल चेक जाँच गर्न लैजाँदा विर अस्पतालबाटै फरार भएका हुन् ।

महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा रहेका श्रेष्ठलाई मंगलबार वीर अस्पताल लगिएको थियो। जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका हुन् । १५ वर्षीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई जना मध्ये अर्का व्यक्ति भने प्रहरी हिरासतमै छन्। फरार श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।