जनता टाइम्स

१७ जेष्ठ २०७७, शनिबार १२:०७

कालिमाटीका २२२ प्रहरीको रिपोर्ट नेगेटिभ, ९ जनाको रिपोर्ट आउन बाँकी


काठमाडौं, जेठ १७

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत अधिकाशं प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म २ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो । उहाका अनुसार अब ९ जनाको रिपोर्ट आउन बाकि छ ।

वृत्तमा कार्यरत प्रहरी नायब निरीक्षक र एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि वृत्त र प्रभागसहित त्यहाँ रहेका ट्राफिक प्रहरीसमेत दुई सय ३१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो ।

नमूना संकलन गरिएका सबै प्रहरी अहिले क्‍वारेन्टाइनमा छन् । उनीहरू सबै ब्यारेकभित्रै बसिरहेका छन् । दुईजनामा संक्रमण पुष्टि भएपछि वृत्त नै सिल गरिएको छ । रिपोर्ट सबैको नेगेटिभ आएपछि त्यसैअनुसार नियमित काममा फर्किने परिसरले जनाएको छ ।