काठमाडौं, जेठ १८
समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरीबीको रेखामुनि रहेका नागरिकलाई बैंकबाट रकम नै राहत वितरण गर्न प्रस्ताव गर्नुभएको छ । उहाले टुक्रे राहतभन्दा अभिलेख संकलन गरेर बैंकमार्फत् नगद राहत दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभएको हो ।
प्रतिनिधि सभामा आइतबार भएको बजेटमाथिको छलफलका क्रममा उहाले थर परिवर्तन गर्न समेत सबैलाई सुझाउनु भयो । ‘पढेलेखेका हामीजस्ता बाहुन मान्छे श्रम गर्न हुन्न भनेर बस्ने, उपदेश दिएर बस्ने’, भट्टराईले भन्नुभयो, ‘क्षेत्रीहरू कुनैबेला लडाइँ लड्थे होलान्, राजनीतिक स्तरमा त्यो अहिले काम छैन, उनीहरू पनि लडाइँ–बडाइँ भनेर अर्काले गरेको खाएर बस्ने भयो ।’
उहाले अगाडी भन्नुभयो, ‘अनि जो श्रम गर्ने हो सीप भएको हो । त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ । दलित शब्द प्रयोग नगरौं अरू शब्द प्रयोग गरौं भन्नुहुन्थ्यो साथीहरूले । मेरो त एउटा प्रस्ताव छ, तपाईं हामी सबैले दलित नाम राखिदिउँ न । बाबुराम भट्टराई कामी भन्न किन नहुने ?’
प्रतिक्रिया दिनुहोस्