जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार १२:५६

लकडाउनको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै, यस्तो छ तयारी


काठमाडौं, जेठ २०

लकडाउनको मोडालिटीका विषयमा छलफल गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहदरबारमा अहिले एक बजेट बैठक बोलाइएको छ ।

बैठकमा लकडाउनको मोडालिटी कसरी प्रभावकारी र कोरोना संक्रमण नियन्त्रणमुखी बनाउने विषयमा मुख्य छलफल हुने बताइएको छ । सरकारले चैत्र ११ गतेबाट शुरु गरेको लकडाउन बढाएर जेठ मसान्तसम्म पुगेको छ । नागरिकस्तरबाट पनि लकडाउनमात्रै विकल्प नभएको बताईरहेका बेला सरकारले समिक्षा गर्न लागेको हो ।

यसैगरी बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणमा भइरहेको प्रयास र क्वारेन्टाइन व्यवस्थापनमा देखिएको समस्या लगायतका बारेमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । त्यस्तै सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्दार गरेर ल्याउने निर्णय गरिसकेकाले त्यसका बारेमा पनि थप गृहकार्य गर्ने विषयमा छलफल हुने बताइएको छ।