जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार १५:२४

रौतहटमा थपिएका ७४ संक्रमित भारतबाट आएको खुल्यो


रौतहट, जेठ २०

रौतहटमा आज थप भएका ७४ जना कोरोना भाइरस संक्रमित भारतबाट आएको खुलेको छ । योसँगै रौतहटमा कोरोना भारसबाट संक्रमित हुनेको संख्या ३०७ पुगेको छ ।

काठमाडौंको टेकु अस्पतालमा गरिएको परीक्षणमा रौतहटको राजपुर, परोहा, राजदेवी, गौर, गढिमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

राजपुर नगरपालिकाका २१ जना, राजदेवी नगपालिकाका १८, दुर्गा भगवती गाउँपाललिकाका १४ जना, गौर नगरपालिकाका १३ जना, परोहा नगरपलिकाका ४ जना, यमुनामाइ गाउँपालिकाका ३ जना र गढीमाइ नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो ।

मंगलवार संक्रमण पुष्टि भएका सबै जना भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेका छन । यसअघि सोमवार मात्रै १८ जनामा संक्रमण पुष्टि भएको थियो ।