जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार १२:३८

लकडाउन अबज्ञा गर्दै न्यूरोड र मैतीदेवीका ब्यापारीले खोले पसल : भन्छन, अव बन्द गरे बाँच्नै सकिन्न


काठमाडौं, जेठ २२ । सरकारले लकडाउनको मोडालिटीमा निर्णय नलिए पनि काठमाडौंको न्युरोड, मैतीदेवीलगायतका व्यवसायीले आजदेखि पसल खोलेर सञ्चालन गरेका छन् । ब्यापारीहरुले कोरोनाको भन्दा दैनिक खानपिनकै समस्या हुन थालेको भन्दै आफै पसल खोलेर सञ्चालनमा ल्याएका हुन ।

सरकारले लकडाउन खोल्ने विषयमा कुनै तदारुकता नदेखाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघको आव्हानमा पसल खोलिएको व्यवसायीले बताएका छन् । न्युरोड, मैतीदेवी, डिल्लीबजारलगायतका स्थानमा आज बिहानदेखि पसल खोलिएको छ तर पूर्णरुपमा भने खुलेको छैन । सवै ब्यापारीले लकडाउनको उलंघन नगरे पनि आधाजसो ब्यवसायीहरुले पसल खोलेका हुन । मैतीदेवी र डिल्लीबजारमा किराना, हार्डवेयर र फेन्सी पसल खोलिएको छ ।

‘कोरोनाको त्रासमा सधै बन्द गरेर बस्न सक्ने अवस्था रहेन, अव दैनिक जीवन चलाउन गाह्रो हुन थाल्यो,’ मैतीदेवीका एक ब्यवसायीले जनताटाइम्ससँग भने । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले अबदेखि हरेकदिन बिहान ११ बजेसम्म पसलहरु खोलिने जानकारी दिनुभयो ।

नेपालमा अझै लामो समय यही किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरु व्यवसायबाट पलायन मात्र होइन रोजीरोटी नै गुम्ने खतरा पैदाभएकाले आफूहरुले यस्तो निर्णय गरेको उहाँको भनाइ छ । महासंघले ११ बजेसम् मभने पनि दिउसो १ बजेसम्म पनि मैतीदेवीमा पसलहरु खुल्ला रहेका थिए ।