जनता टाइम्स

२३ जेष्ठ २०७७, शुक्रबार १३:१०

म्यानमारबाट आएका २६ नेपाली बसुन्धारामा, भोली घर पठाइदै


काठमाडौँ, २३ जेठ

म्यानमारबाट आएका २६ नेपालीलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा राखिएको छ । सो पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा नेपाली सेनाले सुरक्षाका साथ लगेर राखेको हो ।

त्यहाको सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने वित्तिकै उनिहरुलाई नेपाली सेनाको गाडीमा राखेर बसुन्धारा लगिएको थियो ।

पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरेर आएकाले उनिहरुलाई बढिमा आजको रात त्यहा राखिने र भोली सम्वन्धित स्थानीय तहमा पठाइने सैनिक स्रोतले जानकारी दिएको छ ।