जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १८:०२

पार्टी जिम्मेवारी स्वीकार्छु – अनेरास्ववियु सहअध्यक्ष तामाङ


झापा 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सहअध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताउनुभएको छ ।

प्रेस सङ्गठन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहअध्यक्ष तामाङले ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ’, उहाँले भन्नुभयो, “पार्टी एकताका त्याग र समर्पण गर्नुपर्छ, म गर्छु ।” सहअध्यक्ष तामाङले आफूलाई पार्टीले जिम्मेवारी दिने विषयमा अन्याय भएको बताउनुभयो । म पदबाट राजिनामा दिन्नँ’, उहाँले भन्नुभयो, “मेरो मूल्याङ्कलन गरेर मलाई पार्टीले अर्को जिम्मेवारी दिनुपर्छ ।”