जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार १५:२८

सांसद दिब्यमणि राजभण्डारीको प्रस्ताव : बिलासी बस्तुको आयातमा एक बर्ष प्रतिबन्ध लगाऔं (भिडियोसहित)


काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसका सांसद दिब्यमणि राजभण्डारीले बिलासी बस्तुको आयातमा एक बर्ष प्रतिबन्ध लगाउन प्रस्ताव गर्नुभएको छ । संसदको आजको बैठकमा बोल्दै सांसद राजभण्डारीले यस्तो प्रस्ताव राख्नुभएको हो । गाडी, चक्लेटलगायतका खाद्य पदार्थलाई एक बर्ष प्रतिबन्ध लगाउनु पर्ने उहाँको भनाई छ ।