जनता टाइम्स

२७ जेष्ठ २०७७, मंगलवार ०७:३७

कोरोना अपडेट : विश्वभर ४ लाख ८ हजार बढी संक्रमित, ३५ लाख ३५ हजार ५ सय ५४ जना उपचार पछि निको


काठमाडौं,  जेठ २७। विश्वभर फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ८ हजार ६०९ पुगेको छ । मंगलवार विहान सम्म ३५ लाख ३५ हजार ५ सय ५४ जना उपचार पछि निको भएका छन् । पछिल्लो समय वल्र्डमिटरका अनुसार निको हुनेको दर बढेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७१ लाख ९३ हजार ३१५ पुगेको छ ।

३२ लाख ४९ हजार २०६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७९८ जनाको अवस्था गम्भीर छ । ३५ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७९ हजार ३६० जनाको मृत्यु भएको छ ।

२१ लाख ९ हजार १७८ जना संक्रमित भएकोमा १० लाख ८८ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३६ हजार ३८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ३ हजार ३३६ पुगेको छ । त्यसमध्ये ९ लाख ४३ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३५ हजार ६३९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार ४८२ जना संक्रमित भएकोमा ८ लाख ४२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ३२७ जनाको मृत्यु भएको छ । ११ लाख ७६ हजार २७६ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ३९० जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार संक्रमित छन् । संक्रमितमध्ये ८८ हजार २१२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७५ जना संक्रमित भएकोमा ८ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।