जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार ०७:४५

विश्वभर कोरोनाबाट ७३ लाख १६ हजार बढी संक्रमित, निको भए ३६ लाख २ हजार ५ सय संक्रमित


काठमाडौं, जेठ २८ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३६५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १३ हजार ६ सय २५ पुगेको छ ।

विश्वका २१५ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७३ लाख १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ९५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७३ लाख १६ हजार ८२० पुगेको छ ।

३३ लाख ३ हजार ७८५ जनाको उपचार भइरहेकोमा ५४ हजार २२ जनाको अवस्था गम्भीर छ । ३६ लाख २ हजार ५सय २ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८० हजार १८४ जनाको मृत्यु भएको छ ।

२१ लाख २४ हजार ६९५ जना संक्रमित भएकोमा ११ लाख ५ हजार ४२२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३७ हजार ९३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख २७ हजार २०८ पुगेको छ । त्यसमध्ये ९ लाख ५८ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३६ हजार ३२८ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६३६ जना संक्रमित भएकोमा ८ लाख ६४ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५२ हजार ८५५ जनाको मृत्यु भएको छ । १२ लाख १८ हजार ८६९ जना संक्रमित भएकोमा ५ लाख ६३ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ५६८ जनाको ज्यान गएको छ भने २ लाख ५ हजार ५२० संक्रमित छन् । संक्रमितमध्ये ९२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७७ जना संक्रमित भएकोमा ८ हजार ३०८ जना संक्रमणमुक्त भएका छन् ।