काठमाडौं, जेठ २८
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने घोषणा गर्नुभएको छ । उहाले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने विषयमा छलफल गर्ने बताउनु भयो ।
उहाले आम सर्वसाधारणलाई लकडाउनले पारेको समस्याका बारेमा सरकार जानकार रहेको बताउदै त्यसको सम्बोधन गरिने बताउनु भयो । प्रधानमन्त्री ओलीले शिक्षा, उद्योग व्यवसाय लगायतका जनजिवनमा पारेको प्रभावका विषयमा विशेष निर्णय हुने सक्ने जानकारी दिनुभयो ।
आम सर्वसाधरणले लकडाउन खुकुलो बनाउन माग गरिरहेका बेला सरकारले सो विषय सम्वोधन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्