जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार १७:०९

नेपालको राष्ट्रिय अखण्डतामा सांसद सरिता गिरीको धावा, नक्साविरुद्ध संशोधनको सूचना दर्ता


काठमाडौं, जेठ २८

जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरी नेपालको राष्ट्रिय अखण्डतामा खुलेर लागेकी छन् । नेपालको वास्तविक भूगोल समेटेर नक्सा सार्वजनिक भएपछि निशान छाप परिमार्जनका लागि सरकारले अघि बढाएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी छिन् ।

बारम्बर भारतको पक्षमा वकालत गर्दै आएकी उनले बुधबार संसदमा निशाना छाप परिवर्तन गर्ने विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । नयाँ नक्सा जारी गर्दा भारतलाई सोध्‍नुपर्ने तथा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय भूमि रहेको विवादित अभिव्यक्ति संसदमै दिँदै आएकी गिरीले बुधबार संसद सचिवालयमा ‘नेपालको नक्सालाई संशोधन गर्न बनेको विधेयक’विरुद्ध संशोधनको सूचना दर्ता गराएकी हुन् ।

उनले संसद सचिवालयमा दर्ता गराएको संशोधनको सूचनामा स्रोत र प्रमाणबिना नेपालको नयाँ नक्सा जारी भएको जिकिर गरेकी छन् । गिरीले निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक खारेज गर्न मागसहित संसद सचिवालयमा संशोधनको सूचना दर्ता गराएकी हुन् । यद्यपी उनको दल जनता समाजवादीले भारतले हडपेको भूमि समेटिएको नक्सालाई आधिकारिकता दिने गरी संसदमा दर्ता भएको संशोधन विधेयकमा समर्थन जनाइसकेको छ ।