जनता टाइम्स

२९ जेष्ठ २०७७, बिहीबार ०७:५०

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ७४ लाख ५१ हजार नाघ्यो, ३७ लाख ३३ हजार ३७६ जना निको


काठमाडौं  जेठ २९ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ७ सय २३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १८ हजार ८ सय ७२ पुगेको छ ।

विश्वका २१५ मुलुक र २ ओटा अन्तराष्टिय पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७४ लाख ५१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ४० हजार ८६५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७४ लाख ५१ हजार ५२३ पुगेको छ ।

३३ लाख २ हजार ३२१ जनाको उपचार भइरहेकोमा ५३ हजार ८११जनाको अवस्था गम्भीर छ । ३७ लाख ३३ हजार ३ सय ७६ मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८० हजार ९४१ जनाको मृत्यु भएको छ ।

२१ लाख ३९ हजार ७३८ जना संक्रमित भएकोमा ११ लाख २० हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३९ हजार ६३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ५५ हजार ४४९ पुगेको छ । त्यसमध्ये ९ लाख ८३ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ८१ जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार १९६ जना संक्रमित भएकोमा ८ लाख ८९ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५४ हजार ६२३ जनाको मृत्यु भएको छ । १२ लाख ६७ हजार ११५ जना संक्रमित भएकोमा ६ लाख २५ हजार ७७३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ७१७ जनाको ज्यान गएको छ भने २ लाख १२ हजार ११ संक्रमित छन् । संक्रमितमध्ये ९७ हजार १६३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८८७ जना संक्रमित भएकोमा ८ हजार ३३२ जना संक्रमणमुक्त भएका छन् ।