जनता टाइम्स

२९ जेष्ठ २०७७, बिहीबार १०:३४

लकडाउनबीच आजदेखि यी पसल खोल्न पाइन्छ : यस्तो छ मन्त्रिपरिषदले गरेको निर्णय सूची


काठमाडौं, जेठ २९ । सकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो पार्ने निर्णय गरेको छ । कोभिड रोकथाम उच्चस्तरीय समितिको सिफारिशअनुसार बुधवार बसेको मन्त्रिपरिषद बैठकले पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले सुरक्षा मापदण्ड अपनाएर सवै प्रकारका पसल सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जनताटाइम्सलाई बताए । मन्त्रिपरिषद बैठकले निजी सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय आजदेखि नै लागू हुनेछ ।

तर, त्यसका लागि जोर विजोर प्रणाली लागु गरेको छ । जोड गते जोड र विजोर गते विजोड नम्बर प्लेट भएका सवारी साधन चल्ने दिने निर्णय भएको ती मन्त्रीले जानकारी दिए । सार्वजनिक सवारी साधन भने अहिले खोलिने छैन । हवाई उडान र सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ। गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो ।

विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए । सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज दिउँसो पत्रकार सम्मेलनमार्फत लकडाउनेको सम्पुर्ण मोडालिटीबारेको निर्णय सार्वजनिक गर्नुहुने भएको छ ।