जनता टाइम्स

२९ जेष्ठ २०७७, बिहीबार १६:३३

कोरोना जित्नेको सख्या ह्वात्तै बढ्यो, विहिवार एकै पटक १८७ कोरोनामुक्त


काठमाडौं, जेठ २९

नेपालमा विहिवार पहिलो पटक एकैपटक ठुलो सख्यामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । विहिवार १८७ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत पछिल्लो २४ घण्टामा १८७ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभयो । उहाका अनुसार ८ जना महिला रहेका छन् भने बाँकी सबै पुरुषहरु हुन् ।

यसैगरी पिसिआर जाँचमा पनि आज सबैभन्दा परीक्षण भएको छ । विहिवार पाँच हजार एक सय ९४ वटा परीक्षण भएका छन् । आरडिटी प्रविधिबाट पाँच हजार २ सय ६३ भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ ।