जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार ०७:००

भारतमा कोरोना बिकराल स्थितिमा : विश्वको चौथो स्थानमा पुग्यो


 

काठमाडौं, जेठ ३० । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार २८३ पुगेको हो । सवैभन्दा धरै संक्रमित हुने देशहरुको सूचिमा भारत ४ औं स्थानमा पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४६ हजार ९७२ जना संक्रमणमुक्त भएका छन् ।

एकै दिन अरू ३९४ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ५०१ पुगेको छ । कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

विश्वको चौथो स्थानमा

भारतमा कोरोना बिकराल स्थितिमा पुगेको छ । संक्रमणमा भारत चौथो स्थानमा पुगेको छ । भारतले बेलायतलाई पनि पछि पारेको छ ।

बेलायतमा २ लाख ९१ हजार ४०९ जना संक्रमित रहेका छन् । त्यहाँ कोरोना शान्त हुँदैछ । २४ घण्टामा १ हजार २६६ जना संक्रमित थपिएका छन् । त्यस्तै मृतक १५१ थपिएर ४१ हजार २७९ पुगेका छन् । भारतभन्दा अगाडि अमेरिका, ब्रजिल र रुस रहेका छन् ।