जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार ०८:४५

बैतडीमा एउटा घरमा आगोलागी हुदाँ एकै परिवारका तीन जनाको जलेर मृत्यु


बैतडी ।

पुर्चौंडीमा बुधबार राति एक घरमा लागेको आगोका कारण तीन जनाको जलेर मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका अन्दाजी ४५ वर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए। मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार ७ वर्ष देखि बसपार्कमा टहरो बनाइ बस्दै आएका पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताउनु भयो ।