जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार ११:५२

कोरोनाविरुद्धको संघर्ष अझै कठिन मोडमा : डब्ल्युएचओ


काठमाडौं, जेठ ३१

विश्व स्वास्थ्य संगठनका डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम ग्रेहबेयससले कोरोनाविद्धको संघर्ष अन्त्य नभएको भन्दै भाइरसको दोस्रो लहरले आक्रमण गर्ने सम्भावना रहेको औल्याउनुभएको छ ।

भाइरस नियन्त्रणमा सफलता हासिल गरेको दाबी गरिसकेको चीन र दक्षिण कोरियामा समेत पुनस् नयाा संक्रमित देखिएको उदाहरण दिँदै उहाँले अति संवेदनशील यो भाइरसको जोखिम अझै कम नभएको बताउनुभएको हो । उहाँले विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढेको उल्लेख गर्नुभयो ।

यसैबीच विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा माइकल रायनले यूरोपका केही मुलुक, दक्षिण पूर्वी एशिया, उत्तरी अमेरिकामा संक्रमण उच्च विन्दुमा पुगेको बताउनुभयो ।

केही मुृलुकमा संक्रमणको नयाँ, फरक र चुनौतीपूर्ण अवस्था आइरहको भन्दै त्यसलाई संक्रमणको दोस्रो लहर भन्न सकिने उहाँको भनाई छ । भाररस केही हदसम्म मत्थर भए पनि पाएपनि फेरि यसले आफ्नो उपस्थिति देखाउन शुरु गरेकाले सचेत रहनु पर्नेमा डा रायनले जोड दिनुभयो ।

पछिल्लो समय चीन, दक्षिण कोरिया लगायतका मुलुकमा नयाँ संक्रमित देखिएपछि डब्लूएचओले चिन्ता व्यक्त गरेको हो । नयाँ संक्रमित थपिएपछि बेइजिङमा ६ वटा होलसेल फुड मार्केट बन्द गरिएका छन् भने प्राथमिक स्कुल खोल्न हतार नगर्न भनिएको बीबीसीले जनाएको छ ।

यस्तै, दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाा संक्रमित भेटिएपछि थप सावधानी अपनाइएको छ ।