जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार १६:३१

बलिउडका चर्चित अभिनेता सुशान्त सिंहले आत्महत्या


काठमाडौं, जेठ ३२ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन । भारतीय सञ्चार माध्यमहरुका अनुसार ३४ बर्षीय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन ।

इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए । ‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।