जनता टाइम्स

२ असार २०७७, मंगलवार ००:४५

१६ जिल्लाका प्रमुखसहित ३६ एसपीको सरुवा : को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, असार २ । प्रहरी प्रधान कार्यालयले १६ जिल्लाका प्रहरी प्रमुखसहित ३६ जना प्रहरी उपरिक्षक ( एसपी) हरुको सरुवा गरेको छ। सोमबार राती प्रहरी प्रधान कार्यालयले असार महिनाको तलब भत्ता सरुवा भएकै कार्यालयबाट खाने गरी ३६ जना एसपीहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले मोरङ जिल्लामा सन्तोष खड्का, धनकुटामा गोबिन्द अधिकारी, पाल्पामा दिपकराज खरेल, कास्की जिल्लामा जिबन श्रेष्ठलाई सरुवा गरेको हो । यसैगरी कपिलबस्तुमा नवराज अधिकारी, बाँकेमा ओम राना, सिरहामा उमाशंकर पन्जियार, तनहुँमा अरुण पौडेल, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापाको सरुवा गरिएको छ ।

सरुवा सूची अनुसार जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी, भीमबहादुर दाहाल उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा र संजीव शर्मा दास इटहरी ट्राफिक सरुवा गरिएको छ । कास्कीमा रहेका दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालयको बिशेष ब्यूरोमा ल्याइएको छ ।

हेर्नाेस सूची