जनता टाइम्स

५ असार २०७७, शुक्रबार ०७:३५

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ८५ लाख ७० हजार नाघ्यो, ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको


काठमाडौं,  असार  ५ । २ ओटा अन्तराष्टि पानी जहाज र विश्वका २१५ ओटा मूलुकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिन १ लाख ४० हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ५२८ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ८५ लाख ७० हजार ३८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ ।

३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८५ हजार २३५ जनाको मृत्यु भएको छ ।

२२ लाख ६८ हजार १३६ जना संक्रमित भएकोमा १२ लाख १९ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५० हजार ३७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख १० हजार १३० पुगेको छ । त्यसमध्ये ११ लाख ५१ हजार १८० जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ४५ हजार ४५५ जनाको मृत्यु भएको छ । १७ लाख ७५ हजार ३०२ जना संक्रमित भएकोमा ११ लाख १४ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६६ हजार ९२४ जनाको मृत्यु भएको छ । १६ लाख २८ हजार १५६ जना संक्रमित भएकोमा ८ लाख ८६ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ७ हजार ४५० जनाको ज्यान गएको छ भने २ लाख ७८ हजार ६७७ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २८ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५ जना संक्रमित भएकोमा ८ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।