जनता टाइम्स

५ असार २०७७, शुक्रबार १६:१४

ओलीबिरुद्ध खनिनेलाई प्रदीप नेपालको कडा जवाफ


केपी ओलीप्रति गुनासा होलान्, रिस पनि उठेको होला, अदुवा, बेसार, लसुनको नाममा उहाँलाई उडाउनु भनेको आकाशतिर हेरेर थुक्नु जस्तै हो । चेतना भया

काठमाडौं, असार ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले नेपाली खानाको बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भइरहेको हमलाको कडा प्रतिवाद गर्नुभएको छ । नेता नेपालले प्रधानमन्त्रीले बोल्नुभएको कुरा सही र तथ्इगत रहेको भन्दै उहाँमाथि गाली गर्नेहरूलाई सच्चिन कडा चेतावनी पनि दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत चर्चित साहित्यकारसमेत रहनुभएका नेता नेपालले प्रधानमन्त्रीसँग धेरै विषयमा गुनासा भए पनि जडिबुटीको प्रयोगको सम्बन्धमा उहाँले दिनुभएको अभिब्यक्ति सही रहेको र त्यस अभिव्यक्तिलाई लिएर गाली गर्ने काम शतप्रतिशत गलत रहेको बताउनु भएको हो ।

‘केपी ओलीप्रति गुनासा होलान्, रिस पनि उठेको होला, अदुवा, बेसार, लसुनको नाममा उहाँलाई उडाउनु भनेको आकाशतिर हेरेर थुक्नु जस्तै हो । चेतना भया,’ नेता नेपालले भन्नुभएको छ । नेता नेपाल नेकपाभित्र मात्रै नभई मुलुकभर अध्ययनशील नेताका रुपमा परिचित हुनुहुन्छ । हरके कुरा तौलिएर बोल्ने छवी कायम गर्नुभएका नेता नेपालले नेपाली जडिबुटीको बिषयमा प्रधानमन्त्री ओलीको भनाईको समर्थन गर्दै अज्ञानीहरुले उहाँमाथि गाली गरेको प्रष्ट पार्नुभएको हो ।