काठमाडौं, असार ६
शिक्षाविद् एवम् समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्यामरेजका कारण काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
करिब दुई दशकअघि घाँटीमा क्यान्सर देखिएपछि गरिएको शल्यक्रियाको क्रममा उहाको अनुहार बांगिएको थियो । त्यसपछि उहालाई स्तन क्यान्सरसमेत भएको थियो । जोशी पद्माकन्या क्याम्पसको संस्थापक हुनुहुन्छ । उहा नेपालको पहिलो महिला क्याम्पस प्रमुख समेत हो । जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गर्नुभएको थियो ।
जोशी २०१९ सालमा राजा महेन्द्रले गठन गरेको संविधान मस्यौदा समिति सदस्यसमेत हुनुहुन्छ । चार सदस्यीय मस्यौदा समितिमा उहा एकमात्र महिला सदस्य हुनुहुन्थ्यो । विदेश पढ्न जाने पहिलो नेपाली महिलासमेत रहनु भएकी जोशीले बेलायतबाट उच्च शिक्षा हासिल गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्