जनता टाइम्स

७ असार २०७७, आईतवार ०९:२०

थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसगै गण्डकी प्रदेशका क्रमितको संख्या ५ सय नाघ्यो


काठमाडौं,असार ७  । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको हो ।

बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाग्लुङमा ९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै म्याग्दीमा ४ जना थपिएका हुन् । पर्वतमा २ र तनहुँमा १ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकीका ५०४ जना सङ्क्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ । यसअघि हिजो मात्रै गण्डकीमा १०८ जना सङ्कमित थपिएका थिए ।