जनता टाइम्स

८ असार २०७७, सोमबार १४:५७

नागरिकताको बिषयमा नेकपाकै पक्षमा उभिए कांग्रेसका दुई युवा नेता : देउवालाई दिए यस्तो चुनौती


भारतीय पुरुषसँग बिहे गरेर जाने नेपाली चेलीले भारतीय नागरिकताका लागि ७ वर्ष कुर्नु पर्दा नेपाल–भारत संबन्ध नबिग्रिने तर नेपाली पुरुषसँग बिहे गरेर आउने बिदेशी बुहारीका लागि नेपाली नागरिकता प्राप्त गर्न ७ वर्षे प्रावधानले नेपाल–भारतको संबन्ध बिग्रने ?

काठमाडौं, असार ८ । बिवाह लगत्तै बिदेसी बुहारीलाई अंगिकृत नागरिकता दिनुपर्छ भन्ने कांग्रेसको अडानलाई सोही पार्टीका दुई युवा नेताले कडा काउण्टर दिएका छन । संसदको राज्य ब्यवस्था तथा सुशासन समितिबाट पारित भएको नागरिकता सम्बन्धी बिद्येयकमा कांग्रेस सांसदले फरक मत राखेलगत्तै युवा नेता धनराज गुरुङ र गुरुराज घिमिरेले पार्टी नेतृत्वलाई कडा काउन्टर दिनुभएको हो ।

कांग्रेस भारत रिसाउँछ भन्दै बिदेसी महिलालाई नेपालीसँग बिहेलगत्तै नागरिकता दिनुपर्ने अडानमा उभिएको छ । दुवै युवा नेताले कांग्रेसको सो अडान पार्टीको संस्थागत निर्णय नभएको भन्दै नेकपाले अघि बढाएको नागरिकता सम्बन्धी प्रावधानलाई समर्थन गर्नुभएको हो । ‘भारतीय पुरुषसँग बिहे गरेर जाने नेपाली चेलीले भारतीय नागरिकताका लागि ७ वर्ष कुर्नु पर्दा नेपाल–भारत संबन्ध नबिग्रिने तर नेपाली पुरुषसँग बिहे गरेर आउने बिदेशी बुहारीका लागि नेपाली नागरिकता प्राप्त गर्न ७ वर्षे प्रावधानले नेपाल–भारतको संबन्ध बिग्रने ? हाँस्यास्पद तर्क नगरौं,’ कांग्रेसका युवा नेता धनराज गुरुङले भन्नुभयो । उहाँले कांग्रेस नेतृत्वलाई सच्नि भन्दै यस्तो भनाई राख्नुभएको हो ।

अर्का नेता गुरुराज घिमिरेले सात बर्ष पनि कम भएको भन्दै १० बर्षपछि मात्रै अंगिकृत नागरिकता दिनुपर्ने बताउनु भयो । बिदेशीलाई बिहे गरेको १० बर्षपछि मात्र अंगिकृत नागरिकता दिन उपयुक्त हुने घिमिरेको भनाई छ । राष्ट्रियताको सवालमा कसैसंग सम्झौता गर्न नहुने भन्दै घिमिरेल बिहे गर्नासाथ नागरिकता दिने प्रावधान राष्ट्रका लागि घातक हुने बताउनु भयो । ‘अंगिकृत नागरिकता बिषय राष्ट्रहितको कुरा हो, अहिले काँग्रेसले यस बारेमा गम्भीर भएर मात्र निर्णय लिन आबश्यक छ । बहकाउमा लाग्न हुँदैन,’ बीसहजार जेसीज भरतपुर चितवनले आज आयोजना गरेको नागरिकता बिधेयकका सन्र्दभमा उठेका सवाल र समाधानका उपायहरु बिषयक छलफलमा घिमिरेले भन्नुभयो ।

घिमिरेले नागरिकताको बिषयमा कांग्रेस सांसदहरुले समितिमा राखेको अडान पार्टीको नभएको पनि प्रष्ट पार्नुभयो । ‘यसबारेमा केन्द्रीय समितिमा छलफल भएको छैन, काँग्रेसले आधिकारिक धारणा केन्द्रीय समितिबाट ल्याउन आबश्यक छ, हामी केन्द्रीय समितिमा यसबारेमा जोडदार कुरा राख्छौं,’ घिमिरेले भन्नुभयो । उहाँले बिदेशी बुहारी मात्र नभई बिदेशी ज्वाईंका हकमा समेत एउटै प्रावधान राख्न आबश्यक भएको बताउनु भयो ।

‘महिला र पुरुषमा भेदभाव गर्न मिल्दैन, दुबैका लागि एउटै प्रावधान हुन आबश्यक छ, हामी कम्तिमा १० बर्षपछि मात्र नागरिकता दिनुपर्छ भनने पक्षमा छौं, पार्टीका शिर्ष नेताहरु संग पनि यो कुरा राख्छौं,’ घिमिरेले भन्नुभयो ।