जनता टाइम्स

८ असार २०७७, सोमबार २२:२५

कालापानी क्षेत्रमा नेपाल टेलिकमले सुरु गर्यो सिडिएसए सेवा


काठमाडौं, असार ८ । नेपाल टेलिकमले दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सिडिएमए मोबाइल सेवा सुरु गरेको छ । छाङरुमा केही समय अगाडि स्थापना भएको सशस्त्र प्रहरी बलको बिओपीलाई लक्षित गरी टेलिकमले टावर निर्माण गरेको हो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार उक्त टावरले छाङरु, कालापानी, गुन्जी, कुटी र टिंकर क्षेत्रमा सेवा दिनेछ । नेपाल उक्त टावरले नेपालका साथै भारतका केही क्षेत्रका बासिन्दा समेत लाभान्वित हुनेछन् ।

टेलिकमले कर्मचारीलाई गृह मन्त्रालयको सहयोगमा हेलिकोप्टरबाट उक्त क्षेत्रमा लगि टावर निर्माण गरेको हो । यसअघि टेलिकमले गृह मन्त्रालयलाई उक्त स्थानमा टेलिकम सेवा विस्तारका लागि अनुरोध गरेको थियो । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा प्राविधिकहरु उक्त स्थानमा लगिएको नेपाल टेलिकमले जनाएको छ ।