जनता टाइम्स

१० असार २०७७, बुधबार १४:१८

बाँकेको कोहलपुर र वैजनाथमा थपिए ११ संक्रमित


काठमाडौं, असार १०

बाँकेको भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले विज्ञप्ति जारी गदै बाँके र बर्दिया गरी थप १२ जनामा कोरोना पुष्टि भएको जनाएको छ । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँके बैजनाथका ९ जना, कोहलपुर-२ का २ जना रहेका छन् । यसैगरी ठाकुरबाबा-२ बर्दियाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत ४ दिनमा गरिएको कुन परीक्षण ९५२ मध्ये १२ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालमा असार ६ देखि तीनदिनसम्म गरिएका कुनै पनि परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थिएन । संक्रमित हुनेहरु ३ वर्षका बालकदेखि ४३ वर्षसम्मका पुरुष रहेका छन्।