जनता टाइम्स

१० असार २०७७, बुधबार १४:५१

अध्यक्षद्वय ओली–प्रचण्डको सम्बोधनलगत्तै नेकपाको स्थायी समितिको बैठक स्थगित, यस्तो छ कारण


काठमाडौं, असार १० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः ३० मा सुरु भएको बैठक दिउँसो २ः३० मा स्थगित भएको हो ।

आजको बैठकमा अध्यक्ष्द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले मन्तव्य दिनुभएपछि पर्सि फेरि बस्ने गरी बैठक स्थगित भएको हो । अध्यक्षद्वयको धारणा र प्रतिवेदन र एजेण्डाको बिषयमा स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि समय आवश्यक परेको कारण बैठक पर्सिसम्म स्थगित भएको हो । स्थायी समिति बैठकको पहिलो एजण्डा अध्यक्षद्वय ओली र प्रचण्डको मन्तब्य रहेको थियो । बैठकमा अध्यक्षद्वयले बर्तमान परिस्थिति र चाल्नुपर्ने कदमको बारेमा आफ्नो धारणा राख्नुभएको नेताहरुले बताएका छन । स्थायी कमिटी बैठकमा पाँच एजेण्डा तय गरिएको छ ।

दोस्रो एजेण्डाको रुपमा सरकारको कामका सम्बन्धमा एजेण्डा रहेको छ । सो एजेण्डामा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सिमा समस्या र समाधान सम्बन्धमा र अन्य गरी तीन बिषय समावेश गरिएको छ । यसैगरी तेस्रो एजेण्डाका रुपमा पार्टी एकताका बाँकी कामहरु राखिएको छ । यसैगरी नेकपाभित्र निकै बिवादको बिषय बनाइएको एमसिसिका सम्बन्धमा चौथो एजेण्डा राखिएको छ भने पाँचौं एजेण्डाका रुपमा बिबिध राखिएको छ ।

स्थायी कमिटी बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच दुई दिन लगातार भएको छलफलमा सहमतिका साथ यी एजेण्डा तय गरिएको हो । नेकपाको यही बैठकले एमसिसीलगायत सवै बिषयमा पार्टीको आधिकारिक धारणा तय गर्नेछ ।

नेकपा स्थायी कमिटी बैठक : यी हुन पाँच एजेण्डा