जनता टाइम्स

११ असार २०७७, बिहीबार ०७:३९

विश्वभर ९३ लाख ९४ हजार संक्रमित, ५१ लाख ६९ हजार २ सय ७० जना उपचारपछि निको


काठमाडौं ११ असार । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या करिब ९३ लाख पुगेको छ। वल्र्डमिटरको पछिल्लो तथ्यांकअनुसार बिहीबार बिहानसम्म ९३ लाख ९४ हजार ५ सय ५८ संक्रमित पुगेका हुन्। हालसम्म विश्वभर ४ लाख ८१ हजार ७८ जनाको मृत्यु भइसकेको छ। संक्रमित मध्य ५१ लाख ६९ हजार २ सय ७० जना उपचारपछि निको भएका छन ।

सबैभन्दा धेरै अमेरिकामा २३ लाख ७८ हजार ६ सय ४८ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख २१ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा दक्षिण अमेरिकी मुलुक ब्राजिल छ, जहाँ ११ लाख ८८ हजार ६ सय ३१ जना संक्रमित भएका छन् भने ५३ हजार ८ सय ३० को मृत्यु भएको छ।

यस्तै, रुसमा ६ लाख ६ हजार ४३ जना संक्रमित र ८ हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने भारतमा ४ लाख ५६ हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। भारतका हालसम्म कोरोना संक्रमणबाट १४ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ।

यस्तै, पाँचौं बढी संक्रमित हुने देश बेलायतमा ३ लाख ८ हजार ३ सय ३६ जना संक्रमित भएका छन् भने ४३ हजार १ सय ५६ को मृत्यु भएको छ। पेरुमा २ लाख ६० हजार ८ सय १०, स्पेनमा २ लाख ६४ हजार ६ सय ८९, चिलीमा २ लाख ५४ हजार ४ सय १६, इटालीमा २ लाख ३९ हजार ४ सय १० र इरानमा २ लाख १२ हजार ५ सय १ जना संक्रमित भएका छन्। यस्तै, विश्वभर ४७ लाख १६ हजार ४ सय ७६ जना कोरोना संक्रमणबाट निको भएका छन्।