जनता टाइम्स

११ असार २०७७, बिहीबार ०९:२७

पाल्पाका २३४ नमुना मध्य ९३ जनामा कोरोना संक्रमण


काठमाडौं  असार ११ । भरतपुर स्थित कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लावाट ल्याईएका ९३ जनाको स्वावमा कोरोना संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालले बिहिवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुना मध्य बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजेटिभ देखिएको हो । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेको अस्पतालले जनाएको छ । यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वावको नतिजा भने नेगेटिभ बिहिवार बिहान आएको छ । भरतपुर प्रयोगशालामा हिजो २९७ जनाको परिक्षण गरिएको थियो ।