जनता टाइम्स

११ असार २०७७, बिहीबार १६:२८

थप ४३४ जनामा देखियो कोरोना संक्रमण


काठमाडौं, असार ११

नेपालमा विहिवार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४३४ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै कुल संक्रमितको सख्या ११ हजार १६२ पुगेको छ । यसैगरी डिस्चार्ज हुने संक्रमितको सख्या आज बढेको छ । विहिवार ३१२ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । योसँगै कुल २ हजार ६५० जना संक्रमित निको भएका छन् ।

यसैगरी पिसिआर परीक्षण गर्नेको सख्या पनि दुई लाख नजिक पुगेको छ । उहाका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३० जनाको पिसिआर परीक्षण गरिएको छ । विहिवारसम्म १ लाख ९९ हजार ७३७ जनाको पिसिआर परीक्षण भएको जानकारी दिनुभयो ।