काठमाडौं, असार १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी आजको बैठक भारतले अतिक्रमण गरेको सीमा फिर्ताको मुद्दामा केन्द्रित बनेको छ ।
आजको बैठकमा आफ्नो धारणा राख्ने सवै स्थायी कमिटी सदस्यहरुले भारतले अतिक्रमण गरेको सवै नेपाली भूभाग समेटेर नक्सा जारी गरी राष्ट्रिय सहमतिका आधारमा संबिधान समेत संशोधन हुनु ऐतिहासिक काम भएको बताउनु भएको र यसलाई तार्किक निश्कर्षमा पुर्याउन दृढताका साथ लाग्नुपर्ने आफ्नो निश्कर्ष सुनाउनु भएको छ । आजको बैठकमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्इ प्रदीप ज्ञवालीले सीमा समस्याको बिषयमा जानकारीसहित आफ्नो धारणा राख्नुभएको थियो ।
ज्ञवालीको धारणापछि बोल्ने सवै नेताहरुले भारतको दादागिरी र हेपाह प्रबृत्ति नेपाललाई स्वीकार्य नहुने भन्दै फिर्ताका लागि बाध्य पार्न आवश्यक सवै रणनीति अघि बढाउनु पर्ने बताउनु भएको छ । ‘नेपाली भूमि समेटेर नक्सा जारी गर्ने र संबिधान संशोधन गर्ने काम ऐतिहासिक पहलकदमी हो, यो ऐतिहासिक कामलाई पूरा गर्नूपर्छ । तार्किक निश्कर्षमा पुर्याउन अझै दृढतापुर्वक अघि बढनुपर्छ भन्ने निश्कर्षका आधारमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्नुभयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।
आजको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीसहित पम्फा भुषाल, लीलामणि पोखरेल, गोकर्ण बिष्ट, भीम रावल, देव गुरुङ, शंकर पोखरेल, केशव बडाल, बेदुराम भुषाल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, अमृतकुमार बोहोरा, भीम रावल, मातृका यादव, मुकुन्द न्यौपाने, भीम आचार्य, अष्टलक्ष्मी शाक्यलगायतका १८ जना नेताले आफ्नो विचार राख्नुभएको छ । बैठक शनिवार बिहान ११ बजे पुनः बस्ने श्रेष्ठले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्