जनता टाइम्स

१४ असार २०७७, आईतवार ११:४४

नेपाली जनताले जवजलाई धरौटी मानेर मतदान गरेकाले त्यसलाई अस्वीकार गर्न सकिदैन : प्रधानमन्त्री ओली


काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले विश्वमा कम्युनिष्ट आन्दोलन थप बलियो बनाउन सफल भएको वताउनु भएको छ । जननेता भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री सो भनाई राख्नुभएको हो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेपाली नागरिकले पनि जनताको बहुदलीय जनवादलाई धरौटी मानेर मतदान गरेकाले त्यसलाइ अस्वीकार गर्न नसकिने पनि प्रष्ट पार्नुभयो । ‘नेपाली नागरिकले पनि जनताको बहुदलीय जनवादलाई धरौटी मानेर मतदान गरेकाले त्यसलाइ अस्वीकार गर्न सकिदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद जबज को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय हुनुभएका जननेता मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । नेता भण्डारी शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिनुपर्ने राजनीतिक विचारका लागि जनता माझ लोकप्रिय हुनुहुन्छ । भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परेर निधन भएको थियो ।