जनता टाइम्स

१५ असार २०७७, सोमबार ०७:२५

बिश्वभर कोरोना संक्रमित संख्या एक करोड नाघ्यो, ५५ लाख बढीले जिते कोरोना


काठमाडौं,  असार १५ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६३ हजार ८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १९९ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४५४ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ । उपचारपछि निको हुनेको संख्या ५५ लाख ४९ हजार ७२९ पुगेको छ भने ४१ लाख ८४ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ७२५ जनाको मृत्यु भएको छ ।

२४ लाख १३ हजार ५१९ जना संक्रमित भएकोमा १३ लाख ५० हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६६ हजार ३८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख ७१ हजार १९४ पुगेको छ । त्यसमध्ये १३ लाख ३० हजार ३३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५४ हजार ७८६ जनाको मृत्यु भएको छ । २२ लाख ११ हजार ४३३ जना संक्रमित भएकोमा १४ लाख ४० हजार ५६५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८२ हजार ३४० जनाको मृत्यु भएको छ । २१ लाख ४६ हजार ६६८ जना संक्रमित भएकोमा १२ लाख ३२ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९६९८ जनाको ज्यान गएको छ भने ३ लाख ८५ हजार १६९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८५ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ३२४ जना संक्रमित भएकोमा ८ हजार ५७० जना संक्रमणमुक्त भएका छन् ।