जनता टाइम्स

१५ असार २०७७, सोमबार १६:०९

कोरोना महामारीबाट सिरहाका संचारकर्मी प्रभावित


लहान, असार १५ गते । कोरोना महामारीमा सवै क्षेत्र प्रभावित भइरहेकोले सिरहाको प्रत्रकारहरु समेत प्रभावित भएको प्रेस संगठन नेपाल सिरहाले ठहर गरेको छ ।
प्रेस संगठन नेपाल सिरहाको सोमबार बसेको बैठकले कोरोनाले जिल्लाको संचार क्षेत्र र संचारकर्मीहरु प्रभावित भएकोले संचार क्षेत्र र संचारकर्मीहरुका लागि विशेष व्यबस्था गर्न सम्बन्धित पक्षलाई गम्भीर हुन आग्रह गरेका छन् ।
प्रेच चौतारी नेपाल र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन नेपाल सिरहाको पहिलो वैठक सोमबार बसेको हो । आम नागरिकलाई सुसुचित गराउन पत्रकारहरु आफ्ु जोखिममा परेर महामारीको बेला समेत काम गरिरहेकोले संचारक्षेत्र र संचारकर्मीको लागि विशेष व्यवस्था गर्न स्थानीय तह प्रमुखहरुलाई बैठकले आग्रह गरेको छ ।
यस्तै, सो वैठकमा नेकपाको केन्द्रीय सदस्य तथा धनगडीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले आफ्नो धारणा राख्ने क्रममा संगठनका पत्रकारहरुले मिशन पत्रकारितामा लाग्नुपर्ने बताउनु भएको छ ।
अन्य संगठनको पत्रकारभन्दा प्रेस संगठनको पत्रकार फरक शैलीमा प्रस्तुत भएर सत्य तथ्य खोजी गरेर मिशन पत्रकारिताको अवश्यक्ता रहेको भन्दै आफ्नै दलको नेताले गलती गरेको छ भने लेख्नुपर्याे तर लेख्ने क्रममा बनावटी र सजवावटी तथ्यहरु नभएर यथार्त लेख्न लाग्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारहरुलाई स्वतन्त्रा, सुविधा र सुरक्षाको आवश्यक्ता भएकोले त्यसमा समेत ध्यान दिन प्रेस संगठन नेपालका नेतृत्वलाई ध्यान दिन सुझाउनुभयो ।