काठमाडौं ।
भारतमा भारतिय जनता पार्टीले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ । देशविदेशबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईको ओइरो लाग्न थालेको छ । पछिल्लो परिणाम अनुसार फेरि मोदी प्रधानमन्त्री हुने पक्का भएको हो ।
लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४६ सिटमा अगाडि छ । भारतिय निर्वाचन आयोगका अनुसार अहिलेसम्म भाजपा १५ सिटमा विजयी भएको छ भने २८८ स्थानमा अग्रता बनाएको छ । मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् ।
भाजपा कार्यकर्ताले देशभर खुसी मनाइरहेका छन् । चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले यसबारे केही बोलेका छैनन् । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ८९ सिटमा अगाडि छ भने अन्य १०७ सिटमा अगाडि छ । कांग्रेसले अहिलेसम्म एक सिटमा जित निकालेको छ ।
लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्